धनगढी। कैलालीको एक सामुदायिक वन भित्र एयरगन फेला परेको छ। कैलालीको भजनी नगरपालिका वडा नम्बर २ कटानपुर स्थित वनदेवी सामुदायिक वन भित्र आइतवार १ थान सानो एयरगन फेला परेको हो।
आइतवार राति ९ः३० बजेको समयमा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीबाट खटिएको (आरआइटी) प्रहरी टोलीले सानो एयरगन (नपट्कीने) हतियार व्यवारिसे अवस्थामा फेला पारी बरामद गरेको जनाएको छ। उक्त एयरगन ईलाका प्रहरी कार्यालय भजनीमा राखि थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।