धनगढी। कैलालीका उद्योग व्यवसायीहरूले जिल्लामा शान्ति सुरक्षा लगायत व्यवसायीले भोग्नुपरेको समस्या रहेको बताएका छन्। कैलाली उद्योग वाणिज्य संघले बिहीबार सुदूरपश्चिम प्रदेश प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) रबिन्द्र केसीको स्वागत कार्यक्रममा बोल्दै उनीहरुले सो कुरा बताएका हुन् ।
व्यवसायीहरूले भारतिय बजारका कारण र सिमानाका भएर आउने सामानका कारण स्वदेशी ब्यवसायीको घाटा, होटलमा अबैध धन्दा, पर्यटकलाई अनाबश्यक चेकिङ्, लागुऔषध, चोरी तस्करीको समस्या भोग्नुपरेको बताएका हुन् । भारतिय बजारकारण र सिमानाका भएर आउने सामानाका कारण स्वदेशी ब्यवसायीले घाटा बेर्होनुपरेको किराना ब्यवसायी संघ कैलालीका अध्यक्ष लक्ष्मण पन्तले बताएका छन् । साथै उनले चिनी लगायतका अबैध सामान आउँदा यहाँका पसलमा प्रहरी चेकिङ गर्दा ब्यवसायीले हैरानी बेर्होनुपरेको उनको भनाई छ ।
अबैध सामान नियन्त्रणका लागी सिमामै कडाई गर्नुपर्ने बताए। होटल ब्यवसायी संघ कैलालीका अध्यक्ष केशवदत्त पाण्डेयले भने, होटलमा अबैध धन्दा गर्ने कारोवारी ब्यवसायीहरु बेलाबेलामा पक्राउ पर्ने गरेका छन्, उनले भने, त्यस्तालाई पक्राउ पनी गर्नुपर्छ, हामीले पनी त्यस्ता ब्यवसायीहरुलाई हामी होटल ब्यवसायी पनी भन्न चाहान्नौँ । उनले भने, त्यस्तो नियत राख्ने होटल ब्यवसायीलाई हेर्ने नजर फरक हुने हामी त्यसमा जिम्मेबार नहुने बताए । इलिगल रुपमा हुने कुरा प्रहरीले कार्वाहीको कार्यान्वयन हुने कुरा तिब्र होस भन्ने कामना गरेका छन् । तर उनले भने, होटल ब्यवसायी संघ कैलालीले चाहेको कुरा के हो भने उमेर पुगेका युवायुवतीलाई रजिस्टर गरेर होटलमा बस्न दिने अपेक्षा गरे ।
यस्तै होटल ब्यवसायबाटै पर्यटन प्रबद्र्धधन गर्न र आर्थिक समृद्र्धि हुने कुरा होटल ब्यवसायी कलम बमले बताए । भारत लगायत आउने पर्यटकलाई नेपाल भित्रीने क्रममा अनाबश्यक चेकिङ्मा सास्ती भैरहेकाले डीआईजी केसीलाई ध्यानाकर्षण गराए । भारतबाट आउने पर्यटकलाई केही सहज गरिदिन उनले आग्रह गरेका छन्। यस्तै कैलाली उद्योग बाणिज्य संघका महासचिब ओम बिष्टले कैलाली जिल्लामा लागुऔषधको निकै समस्या रहेकाले यस्मा डीआईजीलाई ध्यानाकर्षण गराए।
खुला सिमानाकाका कारण भारतबाट सप्लाई हुने लागुऔषध नियन्त्रण र युवाहरुलाई बिभिन्न यस सम्बन्धी जनचेतना जगाउने खालका कार्यक्रम सञ्चालनमा जोड दिन उनले सुझाएका छन् । यस्तै कार्यक्रममा सहभागीहरुले आरोपी तथा अपराधमा संलग्नहरु खुलासिमानाकाबाट भारत या अन्य मुलुक भाग्ने भएकाले यस्लाई निगरानीमा मजबुत बनाउन बताएका छन् । कार्यक्रममा बोल्दै नव नियुक्त सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख डीआईजी रबिन्द्र केसीले प्रदेशमा शान्ती सुरक्षा, चोरी, तस्करीलाई लागुऔषध नियन्त्रणलाई प्राथमिकता राख्ने बताए । कैलाली उद्योग वाणिज्य संघले बिहीबार गरेको स्वागत कार्यक्रममा बोल्दै डीआईजी केसीले सो कुरा बताएका हुन् ।
डीआईजी केसीले अपराधिक गतिविधि नियन्त्रण तथा अनुसन्धानसँगै शान्ति, सुव्यवस्था कायम गर्न सबै प्रयास केन्द्रीत गर्ने बताए। उनले हातहतियार तथा सामानको तस्करी, गुण्डागर्दी नियन्त्रण, लागुऔषधविरुद्ध कानुन कार्यान्वयनलाई सशक्त र जनचेतनामुलक अभियानलाई थप प्रभावकारी बनाउने बताए।‘महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा पीडितमैत्री सहज प्रहरी सेवा प्रदान गर्ने उदेश्य रहेको बताए । डीआईजी केसीले अपराध नियन्त्रण र शान्ति सुव्यवस्थामा सम्पूर्ण प्रयास केन्द्रीत गर्ने उनको जोड छ । होटलमा हुने अबैध कृयाकलापलाई नियन्त्रण गर्न प्रहरीले निगरानी गरिरहने र स्वयम ब्यवसायीले पनी ब्यक्तीको पुर्ण बिवरण राख्न सुझाब दिएका छन् । अध्यक्ष कुँवरले व्यवसायीहरूले निजी क्षेत्र पनि प्रहरीसँग समन्वय गरेर आगामी दिनमा अगाडि बढ्न तयार रहेको बताए।केसीलाई स्वागत गर्दै कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवरले मायाको चिनो प्रदान गरेका छन्।