धनगढी : धनगढी उपमहानगरपालिका स्तरीय राष्ट्रपती रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । प्रतिया्ेगिताको धनगढी उपमहानगरकी उपप्रमुख कन्दकला रानालो धनगढी रङशालामा आज बिहिबार एक कार्यक्रमका बीच उद्घाटन गरिन् । । ५ दिनसम्म संचालन हुने प्रतियोगितामा धनगढी उपमहानगरपालिका भित्रका २५ सामुदायिक र १२ संस्थागत गरि ३७ वटा विद्यालयको सहभागीता रहेको छ । प्रतियोगितामा विभिन्न खेलमा गरि सामुदायिक विद्यालयका १२३७ र संस्थागत विद्यालयका २५५ गरि १४९२ खेलाडी सहभागि भएका छन् ।
हरेक बर्ष गरिने विद्यालयस्तरीय राष्ट्रपती रनिङ शिल्ड प्रतियोगितामा ६ वटा विधामा ५२ वटा इभेन्ट खेलाइने छ । प्रतियोगितामा छात्रा र छात्र तर्फका भलिबल, कबड्डी, दौड, हाईजम्प, लङ्गजम्प, त्रिपलजम्प, ज्यावलिङ थ्रो, सटपट, मार्सल आर्ट, तेक्वान्दो, उसु जस्ता खेलहरु खेलाइने जनाइएको छ ।
राष्ट्रपती रनिङ शिल्ड प्रतियोगिताका लागि उपमहानगरपालिकाबाट आन्तरिक तर्फ ८ लाख र संघीय ससर्त अनुदान तर्फ १ लाख गरी नौ लाख बजेट बिनियोजित गरिएको छ ।