डोटी। डोटीमा बँदेलको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ। डोटीको केआइसिंह गाउँपालिका–१ मा बँदेलको आक्रमणमा परेर घाइते भएकी बसीनाकी करिब ३५ वर्षीया जगुलीदेबी भुलको मृत्यु भएको हो।
आज मंगलबार विहान ७२ वर्षीय भगी भुल र जगुलीदेबीलाई बदेलले आक्रमण गरेको थियो। दुबै जनालाई उपचारका लागि अस्पताल पुगाउने क्रममा जगुलीदेबीको बिच बाटोमै मृत्यु भएको जिल्ला अस्पताल डोटीमा कार्यरत डाक्टर निराजन श्रेष्ठले बताए। जगुलीदेबीको टाउँको र दुबै खट्टामा चोट लागेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायव उपरीक्षक सीताराम विष्टले बताए।
भगी भुलको भने टाउँकोमा सामान्य चोट लागेको छ। भगीको जिल्ला अस्पतालमा उपचार भइरहेको छ। आज विहान ९ बजे घर नजिकैको खेतमा घाँस काट्ने क्रममा बदेलले आक्रमण गरेको थियो।डोटीमा प्रतेक वर्ष जङ्गली जनावरहरू भालू र बँदेलको आक्रमणमा परी मानिसहरूले ज्यान गुमाउँदै आएका छन्।