धनगढी। मकर संक्रान्तिका अवसरमा सुदूरपश्चिमको प्रशिद्ध धार्मिकस्थल कैलालीको गोदावरी धाममा आज देखि बाह्रराशी दर्शन मकर मेला सुरु भएको छ ।
१२ दिन सम्म चल्ने उक्त मेलाको सुदुरपश्चिमका प्रदेश प्रमुख देबराज जोशीले उद्घाटन गरे । प्रत्येक वर्ष कुनै एक राशीमा कुम्भमेलाको योग पर्ने भएकाले कुम्भमेलाको प्रतिकको रुपमा बाह्र राशी दर्शन मकर मेला आयोजना गरीएको धाम बिकास समितिका अध्यक्ष पदमराज जोशीले बताए।
यसका लागी धाममा बाह्रराशीको स्थापना गरी प्रत्येक राशीका व्यक्तिहरुलाई दर्शन तथा यहाँ स्थापना गरिएको कुम्भबाटिकामा बाह्र राशी र नवग्रह, २७ नक्षेत्र र बाह्र आदित्यको स्थापना गरी भक्तजनलाइ दर्शन एवं पूजाको व्यवस्था गरिएको उनले जानकारी दिए । मकर मेला भर्न सुदूरपश्चिम लगायत सिमावर्ती भारतका विभिन्न ठाउवाट आज विहानै देखि गोदावरीमा भक्तजन आउने क्रम जारी छ। गोदावरी धाममा प्रत्येक १२ वर्षमा महाकुम्भ,६ वर्षमा अर्धकुम्भ मेला र प्रत्येक वर्ष बाह्रराशी दर्शन मकर मेला गर्ने लक्ष्य अनुरुप महाकुम्भ पछि मकर मेला आयोजना गरीएको आयोजकले जनाएको छ।
कार्यक्रममा प्रदेशका सांसदहरु प्रकाश बम, तुलसी देबकोटा, खिमादेबी बिष्टको सहभागीता रहेको थियो । यस्तै गोदावरी नगरपालिकाका नगरप्रमुख बिरेन्द्र भट्ट, गौरीगंगा नगरपालिकाका नगरउपप्रमुख भोज बहादुर बम ,स्वामी १००८ देबराज जि , पुर्बमन्त्री टेक बहादुर रैका लगाएत को सहभागीता रहेको थियो ।कैलालीको गोदावरी नगरपालिकाले गोदावरी धाममा भोलि लाग्ने (माघे)मकरसंक्रन्ति मेलमा निः शुल्क बस सेवा सञ्चालन गर्ने भएको छ।
भोली माघ १ गते देखि लाग्ने मकर मेलाको लागि नगरपालिकाले श्रद्धालु भक्तजनहरूको आवतजावतको लागि यात्रु बसको सुविधा गर्ने भएको छ। आईतवार गरिएको पत्रकार सम्मेलनमा नगर प्रमुख वीरेन्द्र भट्टले गोदावरी मकर मेलामा ठूलो संख्यामा श्रद्धालु भक्तजनहरुको आवतजावत हुने भएको कारण गोदावरी नगरपालिकाको तर्फबाट निः शुल्क ६ वटा बसको व्यवस्था गरेका बताए। उनले मेलामा आउने श्रद्धालु भक्तजनहरुको घुइचोलाई मध्यनजर गर्दै १ गते का दिन अत्तरियाबाट गोदावरी आउने जाने सुविधा राखेको बताए।