टीकापुर। नागरिक उन्मुक्ति पार्टीको भावी अध्यक्षका लागि अहिलेसम्म रेशम रेशम चौधरीको एकल उम्मेदवारी परेको छ। उनी पार्टीका संरक्षक हुन्।
नाउपाको वर्तमान अध्यक्ष रेशमपत्नी रञ्जिता श्रेष्ठ छिन्। अहिले पनि उम्मेदवारी दर्ता जारी छ। स्रोतकाअनुसार अहिलेसम्म अध्यक्षमा एकल उम्मेदवारी दर्ता भएको छ। त्यसबाहेक अन्यमा उम्मेदवार बढी भएपछि निर्वाचनको सम्भावना बढेको छ। महासचिवमा गङ्गा चौधरी, धर्म चौधरी ठाकुर सिंह थारुलगायतको उम्मेदवारी परेको छ।
गङ्गा प्रतिनिधिसभा सदस्य हुन् भने धर्म लुम्बिनी प्रदेशका भौतिक पुर्वाधार मन्त्री हुन्। सिंह बडियाताल गाउँ पालिकाको अध्यक्ष पदका उम्मेदवार हुन् । यस अघि महासचिव रहेका रतन थापाले उपाध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएको बताइन्छ ।