कैलाली। नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष तथा भूमि व्यवस्था सहकारी तथा गरिबी निवार मन्त्री रन्जिता श्रेष्ठले जेल भित्रबाट खुलेको पार्टी अहिले नागरिकको मन मनमा बस्न सकेको दाबी गरेकी छन् ।
आजबाट कैलालीको टिकापुरमा सुरु भएको नागरिक उन्मुक्ति पार्टीको महाधिवेशनमा प्रमुख अतिथि रहेकी श्रेष्ठले नागरिकको आसालाई निराशामा परिणत हुन नदिने बताएकी छन् ।‘टिकापुर घटनाको राजबन्दीको न्यायको लागि स्थापना भएको पार्टी अहिले जनताको मनमा बसेको छ ’ उनले भनिन्, ‘जेलबाट खुलेको पार्टी हो अहिले देशै भरी पुगेको छ ।’
उनले सुरुवाती दिनमा उम्मेदवार समेत खोज्न समस्या भइरहेको स्मरण गर्दै अहिले तीनै तहको सरकारमा पार्टीको राम्रो उपस्थिति रहेको बताइन् । उनले अहिले पार्टीले सबै उत्पीडित वर्गहरूको पक्षमा पार्टीले वकालत गरिरहेको बताइन् ।