बाजुरा। बाजुराको एक पसलमा आगलागी भएको छ। जिल्लाको खप्तड छेडेदह गाउँपालिका–७ लमगाउँका भीमबहादुर रावतको खद्रा पसलमा बिजुलीको तार सर्ट भएर आज (शनिबार) बिहान आगलागी भएको हो।
आगलागीबाट करिब ६ लाख मुल्यको धनमाल जलेर नष्ट भएको अनुमान गरिएको छ। पसलभित्र रहेको १० क्विन्टल चामल, १३ पेटी मदिरा, भाडाकुँडा, लत्ताकपडा, खुद्रा सामान, इलेक्ट्रोनिक सामाग्री, रिचार्ज कार्ड, नगद लगायतका सामानहरु जलेर करिब ५ लाख ९१ हजार बराबरको धनमाल जलेर नष्ट भएको बाजुराका प्रहरी निरिक्षक किशोरसिंह ऐरीले बताए। प्रहरी र स्थानीय सहयोगमा आगो नियन्त्रणमा लिने काम भएको थियो।पसलमा आगलागी हुँदा कुनै मानविय क्षति भने भएको छैन्। क्षतिको एकिन विवरणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।