कञ्चनपुर। कञ्चनपुरको पुनर्वासकी भीमदत्त नगरपालिका १८ खैरभट्टीमा एक युवती मृत भेटिएकी छन् । पुनर्वास नगरपालिका ६ की २२ वर्षिया लक्ष्मी खडका खैरभट्टी स्थित नन्दा जोशीको घरमा झुण्डिएको अवस्थामा मृत भेटिएका हुन् ।
मृतकका परिवारले खड्कालाई बलात्कारपछि हत्या गरी झुण्ड्याएको आशंका गरेका छन्। खड्का मृत भेटिएपछि उनीसंगै बस्दै आएका हुम्ला सिमकोट -४ का भेसराज शाहीलाई पक्राउ गरिएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश डाँगीले शाहीलाई पक्राउ गरी अनुसन्धान थालिएको बताएका छन् ।जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी प्रकाश डाँगीका अनुसार पक्राउ परेका शाही नन्दा जोशीको घर रेखदेखको काम गर्थे ।
फोनबाट चिनजानमा आएकी मृतक खड्का ४ दिनअघि घरबाट शाहीसँगै भागेर गएकी थिइन्। मृतक खड्का बुवा तारा खड्काले उनी ४ दिन अघि घरबाट भागेर आएकी बताए। घर परिवारलाई उनले आफू फरक फरक स्थानमा रहेको जानकारी गराउँदै आएकी थिइन । उनले महेन्द्रनगर, अत्तरिया र काठमाडौं छु भन्दै आएको उनका बुवाले बताए।