बैतडी। बैतडीमा घरेलु हातहतियार प्रयोग गरेर महिलाको हत्या गरेको अभियोगमा पक्राउ परेका तेजबहादुर चन्दलाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ।
गएको मंसिर २६ गते सुर्नया गाउँपालिका –३ बिजुलकी ५६ बर्षीया हरिना बिष्टको हत्या भएको थियो। सोही ठाउँका तेजबहादुर चन्दले एक्कासी घरमा पसेर हसिया लगायतका घरेलु हतियारको प्रयोग गरेर उनको हत्या गरेका थिए।गएको मंसिर २६ गते नै चन्दलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरेको थियो।
कर्तव्य ज्यान मुद्दामा चन्दमाथि अनुसन्धान गरेर उनलाई अदालत पेश गरिएको र अदालतले पुर्पक्षका लागि कारागार चलान गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक खेमविक्रम केसीले बताए। पौष दोश्रो साता उनलाई अदालतले पुर्पक्षका लागि कारगार चलान गरेको प्रहरी निरीक्षक केसीले बताए। चन्दले दुईतीन बर्ष अगाडि गाउँमै स्थानीयहरुले पालेका गाईभैंसी समेत मारेका थिए।