धनगढी। धनगढीमा खैरो हिरोइनसहित दुई महिला पक्राउ परेका छन् । बुधवार स्कुटरमा सवार २४ वर्षीया पवित्रा आचार्य र २५ वर्षीया रिया बिष्ट पक्राउ परेका हुन् ।
स्कुटरमा सवार उनीहरूमध्ये रिया बिष्टको साथबाट दुई सय ग्राम खैरो हिरोइन फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक कुलदिप चन्दले बताए । दुबै जनालाई थप अनुसन्धानका लागि हिरासतमा राखिएको प्रहरीले बताएको छ ।