धनगढी। नेपाल पत्रकार महासङ्घ डोटी शाखा सह-सचिव सरिता कठायतले जन्म दिनमा आर्थिक सहयोग गरेकी छन्। डोटीको शिखर नगरपालिका वडा नम्बर-६ मा रहेको श्री मष्टा गुरुकुल विद्या आश्रमलाई उनले आफ्नो जन्म दिनको अवसर पारेर आर्थिक सहयोग गरेकी हुन्।
मष्टा गुरुकुल विद्या आश्रम चुडीलाई भोजनका लागि चार हजार एक सय ५५ रुपैयाँ सहयोग गरेको उनले बताइन्।समाजसेवा गर्ने भावना अनुरूप जन्म दिनमा थोरै भए पनि सहयोग पुगोस् भनेर सहयोग गरेको कठायतको भनाई छ। २०७५ सालमा स्थापना भएको विद्या आश्रममा अहिले १६ जना छात्रले अध्ययन गर्दै आएका छन्।
उनीहरूका लागि खाद्य सामाग्री तथा अन्य खर्च स्थानीय तहरू र विभिन्न व्याक्तिले गर्ने आर्थिक सहयोगबाट चल्दै आएको छ। आर्थिक अभावका कारण आश्रममा एक जना मात्र शिक्षक छन। एक जना शिक्षक र एक जना कार्यालय सहयोगीले आश्रम सञ्चालन गर्दै आएका कठायतले बताइन्। संस्कार, संस्कृति, धर्म, वेद विद्या जस्ता धार्मिक परम्पराको जर्गेनाका लागि आश्रम सञ्चालन गरिएको सञ्चालक धुर्वराज फुलाराले बताए।