बझाङ। बझाङमा घरको भर्याङबाट लडेर एक जना गम्भीर घाइते भएका छन्। बझाङको थलारा गाउँपालिका–८ देवस्थलीका ६३ वर्षीय मदनराज पाध्याय हिजो मङ्गलवार आफ्नै घरको भर्याङबाट लडेर घाइते भएका हुन्।
पाध्यायको जिल्ला अस्पताल बझाङमा चेकजाँच गर्दा बायाँ छातीको १० वटा करङ भाँच्चिएको र बायाँ काँधमा चोट लागेको अस्पतालले जनाएको छ। उनलाई जिल्ला अस्पताल बझाङमा उपचार सम्भव नभएपछि धनगढी रेफर गरिएको भएपनि गाडीमा बस्न सक्ने अवस्था नभएपछि लैजान नसकिएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ। अहिले उनलाई जिल्ला अस्पतालमै उपचार भइरहेको बताइएको छ।