धनगढी। धनगढीका लागि टाटा मोटर्सको आधिकारिक बिक्रेता नवदुर्गा टेक्नोलोजी प्रा.लि.ले गाडी खरिद बिक्रीमा कुनै पनि कुरा गलत नभएको जनाएको छ। सोमबार केही सञ्चार माध्यममा टाटा मोटर्सको कम्पनीको गाडी खरिद अघि एउटा फिचर र गाडी खरिदका क्रममा अर्को गाडी भन्ने प्रकाशित समाचार सत्यता नभएको स्पष्ट पारेको हो।
टाटा मोटर्सको आधिकारिक बिक्रेता नवदुर्गा टेक्नोलोजी प्रा.लि.का प्रदीप जोशीले बुकिङ अनुसार नै सम्बन्धित ग्राहकलाई गाडी उपलब्ध गराएको जानकारी दिए। फोटो फिचरमा गाडी बुकिङ गरेका धनगढी वडा नम्बर १४ स्थित बिआरएस फेन्सी सपका सञ्चालक विशाल चौधरीले खरिद गर्ने टाटा पन्च इन्फो गाडी नै फिचर अनुसार उपलब्ध रहेको बताए। गाडीमा बुकिङ गर्नुभन्दा अगाडि हुन्छ भनिएका फिचरहरू नै रहेको उनको भनाई छ।नवदुर्गा टेक्नोलोजी प्रालिका जोशीले सबै फिचरसहितको गाडी ३८ लाख ९९ हजार पर्ने र १ लाख ३० हजार डिस्काउन्ट गरेर ३७ लाख ६९ हजारमा आउने बताएका थिए। तर अहिले आएर खरिद नगरेको र उल्टै माग अनुसार गाडी उपलब्ध नभएको चौधरीले आरोप मात्रै लगाएको टाटा मोटर्सको आधिकारिक बिक्रेता नवदुर्गा टेक्नोलोजी प्रा.लि.ले जनाएको छ। नवदुर्गा टेक्नोलोजी प्रा.लि.ले देखाइएको तस्बीर र बिल अनुसार नै गाडी उपलब्ध गराइएको दाबी गरेको छ।