अछाम। गाउँकै दाजु नाता पर्नेको दाहसंकारका गरेर ५२ वर्षीया टेकबहादुर शाह घर फर्किंदै थिए। लुङग्राको थुवा लेक नजिक पुगेपछि साथमै घर फर्किरहेका काठेरुले फेसबुक हेरेपछि विरेन्द्रको मृत्युको समाचार थापा पाए । अनि त्यही खबर साथकै टेकबहादुरलाई सुनाए। शुरुमा मनमा चिसो पसे पनि टेकबहादुरले विश्वास मान्नु भएन र काठमाडौँ भएका आफन्तलाई सोधपुछ पछि छोराको मृत्युको खबर सुने।
कोरियाका लागि रोजगार अनुमति प्रणाली (इपिएस) को परीक्षाको विषयमा बालकुमारीमा भएको आन्दोलनमा घाइतेपछि उपचारको क्रममा निधनको खबरले गाउँ नै शोकमग्न छ । विदेशमा गएर पैसा कमाएर परिवार पाल्ने आशमा रहेको परिवार बेहाल अवस्थामा रहेको स्थानीयले जानकारी दिएका छन् ।
“पुरै गाउँ विरेन्द्रकै घरमा आएको छ, आमा र परिवारका अन्य सदस्यलाई सम्हाल्नै सक्ने अवस्था छैन ।” वडा सदस्य गणेशबहादुर शाहले भने। “पढ्न गएको साधारण केटो कसरी मारियो भन्नेमा गाउँ नै प्रश्न गरिरहेको छ ।” गणेशले भने। गाउँकै सिउँडी माविबाट कक्षा १२ उत्तीर्णपछि विरेन्द्र कोरियन भाषा सिक्नका लागि दुई वर्षअघि काठमाडौँ हानिएका थिए। कोरिया गएर परिवारको आर्थिक अवस्था उकास्ने सपना बोकेर काठमाडौं पसेका विरेन्द्रको जीवन त्यहीँ अन्त्य भयो।
आर्थिक अवस्थामा कमजोर उनको परिवारमा बुवा भारतमा चौकीदारी गरेरै भए पनि छोरालाई विदेशमा पठाउने योजना रहेको थियो। एक वर्षदेखि कोरियन भाषा पढिरहेका विरेन्द्र दशैंतिहार मनाएर काठमाडौं फर्केका थिए । मृतक विरेन्द्रका घरमा आमा, बुवा, दाइ भाउजू छन् । दाइ भारतमा भएपनि कमाउनेमा छैनन्। घरको खेतीपाती र उमेर ढल्केका बुवाको भारतीय कमाइमा परिवार निर्भर रहेको छ । खेतीपाती बाहेक परिवारको आम्दानीको अरु स्रोत छैन। मृतक गणेशको दाहसंस्कारका लागि बुवासहित आफन्त काठमाण्डौ जाने सल्लाहमा रहेको बताइएको छ। कलिलो युवा कमाउने बेलामा प्रहरीको गोली लागेर मृत्यु भएपछि गाउँ नै शोकमा डुबेको छ।गोरखापत्रबाट