धनगढी। जातीय विभेद अन्त्यका लागि कानुन बनेको भएपनि समुदायमा अहिले पनि जातीय विभेद कायमै रहेको सञ्चारकर्मी तथा सरोकारबालाहरूले जोड दिएका छन् ।
दलित महिला संघ (फेडो)कैलालीको आयोजनामा शुक्रवार धनगढीमा आयोजित दलित महिला,किशोर र सीमान्तकृत समूहको लैँगिक तथा सामाजिक न्याय प्रवर्धनमा सञ्चार क्षेत्रको भूमिका विषयमा अन्तरक्रिया कार्यक्रममा उनीहरुले सो कुरा बताएका हुन् ।
जातीय विभेद अन्त्यका लागि सहभागी सञ्चारकर्मीहरूले समाजमा अहिले पनि जातीय विभेद कायम रहेको भन्दै ब्यक्तीको सोचाई र धारणामा परिवर्तन ल्याउनुपर्ने सुझाब दिए। पत्रकार नारायण अवस्थीले बिभिन्न समुदायमा रहेका बाहुन, क्षेत्री दलितबिच पनी बिभेद भावना उत्पन्न गराउने र आ आफुलाई कमजोर मनस्थीती बनाउने कार्य ब्यक्ती आफैले गरिरहेको बताए। यस्मा स्वयम ब्यक्तीले मनबाटै यस्ता सोचलाई परिवर्तन गर्नुपर्ने बताएका छन्।
साथै यस्मा सरकारको मुख्य जिम्मेबारी भएकाले गम्भिर भएर लाग्नुपर्ने बताएका छन् ।दलित समुदायमा नै जातीय विभेद कायममै रहेको धनगढीका पत्रकार धर्म विकले बताए। दलित भने शब्द मै विभेद छ। सुदूरपश्चिमको हकमा भन्ने हो सबै भन्दा बढी धनगढीमा जातिय विभेद रहेको उनको भनाइ छ। उनले दलितका विषयमा संघ संस्थाले काम गरेको भएपनि दलित माथि विभेद कायमै रहेको बताए। यस्तै नेपाल पत्रकार महासंघ कैलाली शाखाका अध्यक्ष हिमालय जोशीले सीमान्तकृत समुदाय लगायत जातीय विभेद अन्त्यका विषयमा सञ्चारमाध्यमले महत्त्वपूर्णका साथ हेरेको बताए।
उनका अनुसार एनजियो आइएजियोका कारणले गर्दा कतै समुदायमा जातीय विभेद त बढ्दै छैन भने लागि रहेको छ।जब सम्म सोचमा परिवर्तन हुँदैन तब सम्म जातीय विभेद कायमै रहने उनको ठमाइ छ। दलित महिला संघ (फेडो) कैलालीकी सचिव एवम् सुदूरपश्चिम अध्यक्ष अम्बिका ताम्राकारले दलित महिलाका सवालमा थुपै कामहरू गर्दै आइरहेको बताइन्।महामारीका बेला पनि दलित समुदायका महिला मात्रै नभई लक्षित वर्ग सीमाकृत समुदायका महिलाहरू लाई पनि सहयोग गरेको उनले बताइन् ।
गाउँ घर तिर दलित महिला समूह गठन गरेर विभिन्न कार्यक्रम गरिरहेको उनको भनाइ छ । दलित महिला संघ (फेडो) कैलालीका कार्यक्रम संयोजक विनोद घिमिरेले प्रतिवेदन प्रस्तुत गरेका थिए ।कार्यक्रममा जात व्यवस्था सुरुवात देख हाल जातीय विभेदको अवस्थाका र यसको न्यूनीकरणको विषय छलफल गरिएको थियो । फेडोले पनि दलित महिलाका साथै २० प्रतिशत अन्य,जनजाति बालबालिका र विपन्न महिलाहरूका क्षेत्रमा काम गरिरहेको छ।