धनगढी। धनगढी उपमहानगरपालिकाका नगर प्रमुख गोपाल हमाल समेतविरुद्ध सर्वोच्च अदालतमा दायर गरिएको रिटमाथि आज (बुधबार)को सुनुवाइ सकिएको छ। जग्गा प्लटिङ सम्बन्धी कार्यविधि लागू गरिएपछि सर्वोच्च अदालतमा दायर गरिएको रिट दायर गरिएको थियो ।
सर्वोच्च अदालतले रिटमाथिको सुनुवाइ भइसकेको जनाएको छ। रिट सुनुवाइका लागि न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलाशमा पेशी तोकिएको थियो। कार्यविधिविरुद्ध कैलालीका जग्गा कारोबारी उपेन्द्रप्रसाद अवस्थीले सर्वोच्चमा रिट दायर गरेका थिए। आज प्रारम्भिक सुनुवाइ भएकाले अल्पकालीन अन्तरिम आदेश हुने कि नहुने साथै कारण देखाऊ आदेश जारी हुन सक्नेछ। प्रारम्भिक सुनुवाइको आदेश केहीबेरमा आउने जनाइएको छ।