काठमाडौं। सुदरपश्चिम प्रदेशका एकसहित २१ प्रहरी सम्पर्कविहीन भएका छन् । प्रहरी प्रधान कार्यालय नक्सालले फरक-फरक मितिदेखि गैरहाजिर रहेका २१ जना प्रहरीलाई सात दिनभित्र सम्पर्कमा आउन निर्देशन दिएको छ।
कार्यालयले सूचना जारी गर्दै एक महिना भन्दा बढी समयदेखि आफूखुशी गैरहाजिर रहेका २१ प्रहरीलाई सात दिनभित्र स्पष्टिकरणसहित सम्पर्कमा आउन निर्देशन दिएको हो। एकजना प्रहरी वरिष्ठ हवलदार, पाँच जना प्रहरी सहायक हवलदार,१३ जना प्रहरी जवान र २ जना प्रहरी कार्यालय सहयोगी एक महिना भन्दा बढी समयदेखि आफूखुशी गैरहाजिर रहेको प्रहरी प्रधान कार्यलयले जारी गरेको सूचनामा उल्लेख छ।
प्रहरी प्रधान कार्यालयले उनीहरूलाई सात दिनभित्र पनि सम्पर्कमा नआए प्रहरी नियमावलीका अनुसार सेवाबाट हटाइने चेतावनी समेत दिएको छ।पछिल्लो समय नेपाल प्रहरीमा जागिर छाडेर जानेको संख्या बढिरहेको छ। सरकारी जागिर छाडेर वर्षेनी ठूलो संख्यामा नेपालीहरू विदेश गइरहेका खबर पनि बेलाबखत आउने गरेका छन्।