धनगढी। कैलालीमा आगोले जलेर एक जना ज्येष्ठ नागरिकको मृत्यु भएको छ । जिल्लाको घोडाघोडी नगरपालिका–१० आमखैया बस्ने ७९ वर्षीय खडक बडुवालको आगोले जलेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक ९डीएसपी० कुलदीप चन्दले घरको आगनमा बालेको आगो ताप्ने क्रममा सोमबार बिहान जलेर बडुवालको मृत्यु भएको जानकारी दिए । उनकाअनुसार घटनाबारे इलाका प्रहरी कार्यालय सुख्खडले थप अनुसन्धान गरिरहेको छ ।