वीरगञ्ज। वीरगञ्ज नाकाबाट एक वर्षको अवधिमा सुदूरपश्चिमका ७ जनासहित दुई सय ६० जनाको उद्धार गरिएको छ। माइती नेपालले दुई सय ५७ महिला र तीन जना बालकको उद्धार गरेको हो।
उद्धार गरिएकामध्ये धेरैजसो मधेस प्रदेशको पर्सा, सर्लाही, धनुषा, महोत्तरी र कोशी प्रदेशको झापा जिल्लाका छन्। संस्थाको संरक्षणमा रहेकामध्ये ३८ मधेस प्रदेशका,५८ बागमती प्रदेश, ३३ कोशी प्रदेश, १३ लुम्बिनी, ३८ गण्डकी र सात जना सुदूरपश्चिम प्रदेशका छन्। वीरगञ्जस्थित सीमानाकामा माइती नेपाल,आशिष समाजिक नेपाल,आफन्त नेपाल, साना हात नेपाल र नेपाल प्रहरीलगायत मानव बेचबिखनविरुद्ध निगरानीमा सक्रिय छन् ।