धनगढी। कैलालीको धनगढी र अत्तरियामा आज बिहानै देखी विधुत अवरुद्ध भएको छ। नेपाल विधुत प्राधिकरण धनगढी वितरण केन्द्रका अनुसार १३२/३३/११ केभी अत्तरियामा सवस्टेसन मर्मत सम्भार कार्य भइरहेकाले विधुत अवरुद्ध भएको हो।
आज शनिवार बिहान आठ बजे देखि साँझ ५ बजे सम्म अवरुद्ध हुने नेपाल विधुत प्राधिकरण धनगढी वितरण केन्द्रले जनाएको छ। नेपाल विधुत प्राधिकरण धनगढी वितरण केन्द्रका प्रमुख मिथिलेस कुमार गोहीभारले आज साँझ साढे ५ बजेसम्म बिद्युत सुचारु हुने बताए। मर्मत कार्य सकिए निर्धारित समय भन्दा अगाडी वा पछाडि पनि विधुत सुचारु हुनसक्ने प्राधिकरणको भनाई छ। साथै यसबाट ग्राहकबर्गमा पर्न जाने असुविधाका लागी नेपाल बिद्युत् प्राधिकरण धनगढी वितरण केन्द्र क्षमा पार्थी रहेको बताएको छ।