धनगढी। कैलालीमा कार र मोटरसाइकल ठोक्किदा दुई जना घाइते भएका छन् । कैलालीको गौरिगंगा ६ बनबेहडामा बा ११ च ८७२९ नम्बरको कार र सुपप्र ०३००१ प ०१३ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किएर दुर्घटना हुँदा मोटरसाइकलमा सवार २ जना घाइते भएका हुन।
मोटरसाइकल चालक अछाम साफेबगर नगरपालिका–४ का २५ वर्षीय रोशन सुनार र मोटरसाइकलको पछाडी सवारी एक जना घाइते भएका प्रहरीले जनाएको छ। ठक्कर दिने कार र कार चालकलाई नियन्त्रणमा लिएको ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ।