डडेल्धुरा। डडेल्धुरा जिप दुर्घटनामा घाईते भएका एक जनाको मृत्यु भएको छ । हिजो बुधबार जिल्लाको भागेश्वरवाट डडेल्धुरा सदरमुकाम तिर आइरहेको सुदूरपश्चिम प्रदेश ०४–००१च१८८ नम्बरको जिप आईत बजार नजिक दुर्घटना भएको थियो।
जिप दुर्घटना हुँदा तीन जना घाइते भएका थिए। दुर्घटनामा परि अमरगढी नगरपालिका ८ बस्ने ४० वर्षका दानबहादुर ओलीको मृत्यु भएको हो । दुर्घटनामा नवदुर्गा गाउँपालिका ९ बस्ने ३० वर्षका दीपक बुढाऐर र नवदुर्गा ४ बस्ने २७ वर्षका दीपेन्द्र बोहरा घाइते भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रमुख प्रहरी नायव उपरीक्षक दीपक कुमार कार्कीले जानकारी दिए।उनका अनुसार मोडमा जिप पल्टिएको थियो । घाइते अवस्थामा प्रहरीले उद्धार गरेर डेल्धुरा अस्पताल ल्याएको थियो। ती मध्ये एक जनाको मृत्यु भएको हो ।