धनगढी। कैलालीको अत्तरिया बसपार्कमा लफडा भएको छ। जिल्लाको गोदावरी नगरपालिका वडा नम्बर २ मा रहेको अत्तरिया बसर्पाकमा बस सञ्चालक कम्पनीहरूका कर्मचारीहरू बिचमा लफडा भएको हो।
खप्तड यातायातका कर्मचारी जीतबहादुर साउँद र शिवपुरी यातायातका कर्मचारी खेम साउँद तथा विवेक खवासका बिचमा लफडा भएको हो। उनीहरूको बिचमा सोमवार बिहान बसपार्कमा झगडा भएको भन्दै मालाखेती प्रहरीमा जाहेरी दर्ता गरिएको छ। जिल्लाको गोदावरी नगरपालिका वडा नम्बर २ बसन्तटोलका जीतबहादुर साउँदमाथि कुटपिट भएको हो।
साउँदले खेम र विवेकको विरुद्धमा मालाखेती प्रहरीमा निवेदन दिएका छन्। उनले सार्वजनिक हित, स्वास्थ्य सुरक्षा सुविधा र नैतिकता विरुद्धको कसुरमा निवेदन दिएका हुन्। तर, इलाका प्रहरी कार्यालय, मालाखेतीले खेम साउँद र विवेक खवासलाई पक्राउ गरेको छैन। प्रहरीमा निवेदन दिएको भएपनि उनीहरू पक्राउ नपरेका खेम साउँदले बताए।इलाका प्रहरी कार्यालय मालाखेतीका डीएसपी गणेश बरालले भने कुटपिटको घटनामा संलग्नको खोजी भइरहेको बताए । उनले आज दिनभरी कुटपिट गर्नेको खोजीका लागि ५ जना प्रहरी परिचालन गरिएको भएपनि पक्राउ नपरेको बताए ।