अछाम। अछाममा जीप दुर्घटना भएको छ। अछामको तुर्माखादबाट मंगलसेनतर्फ गईरहेको से १ ज ७७५ नम्बरको जिप अनिंन्त्रित भइ दुर्घटना हुदाँ ३ जना घाईते भएका छन । जिप दुर्घटना हुँदा ३४ बर्षीय गाडी चालक लक्ष्मण भाट सहित ३ जना घाईते भएका छन।
यस्तै तुर्माखाद गाउँपालिका वडा नं ३ का जवान सिंह उखेडा र एक जनाको अवस्था सामान्य रहेकोले प्रहरी अभिलेखमा नराखिएको जिल्ला प्रहरी कार्यालय अछामका सूचना अधिकारी राजेन्द्र साँउदले बताए ।घाइते चालकभाटलाई उपचारका लागी बयलपाटा अस्पतालमा लगिएको र थप दुईजनाको उपचार जिल्ला अस्पताल मंगलसेनमै भईरहेको प्रहरीले बताएको छ। अन्य घाईतेको अवस्था सामान्य रहेको सुचना अधिकारी साँउदले बताएका छन्।