डडेल्धुरा। डडेल्धुराको अमरगढी नगरपालिका ५ बागबजारस्थित तीन वटा पसलमा आगलागी भएको छ। शनिबार राति पौने ९ बजे डडेल्धुराको बागबजारस्थित शुलभ फेन्सी, कैलपाल मेडिकल र शिशिर फेन्सीमा लागेको आगलागी भएको हो।
शनिबार राति बागबजारस्थित शुलभ फेन्सी, कैलपाल मेडिकल र शिशिर फेन्सीमा लागेको आगो अमरगढी नगरपालिकाको दमकल, सुरक्षाकर्मी र स्थानीयको प्रयासमा आगो एक घन्टा पछि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ। आगलागीबाट दुइटा फेन्सी पसलमा रहेका कपडाहरू जलेर नस्ट भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ। मेडिकलमा रहेका औषधिहरू पनि जलेका छन्। आगलागीको कारण तथा क्षतिको विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।