धनगढी। कैलालीमा मोटरसाइकल र हाइस एक आपसमा ठोक्किदा दुर्घटना भएको छ।
शुक्रवार साँझ कैलालीको गौरीगंगा नगरपालिका– ६ बनबेहडामा पुर्ववाट पश्चिम दिँशातर्फ आइरहेको सुदुरपश्चिम प्रदेश ०१–००१ज १५४० नम्बरको हाइस र विपरीत दिँशाबाट आइरहेको सुदुरपश्चिम प्रदेश ०१–०१०प १३२० नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किएर दुर्घटना भएको हो।
जिल्ला पैहरी कार्यालय कैलालीका अनुसार दुर्घटनामा परेर मोटरसाइकल चालक कञ्चनपुरको बेलौरी नगरपालिका-८ का अन्दाजी ३० वर्षीय टेकेन्द्र शाही गम्भिर घाइते भएका छन्। प्रहरी निरीक्षक सन्तोष बस्यालले उनको मायामेट्रो अस्पतालमा उपचार भइरहेको बताए । हाइस र सहचालकलाई नियन्त्रणमा लिएको र चालक भने फरार रहेको जानकारी दिए ।