धनगढी। प्रहरीले धनगढीमा २ ग्राम ३ सय ६० मिलिग्राम ब्राउनसुगरसहित १ जनालाई पक्राउ गरेको छ।
प्रहरीका अनुसार धनगढी उपमहानगरपालिका-२ फन पार्कबाट उक्त परिमाणको ब्राउनसुगर जस्तो देखिने धुलो पदार्थसहित कैलालीकै गोदावरी नगरपालिका-१ का २५ वर्षीय बिजय बिष्टलाई सोमबार दिउँसो पक्राउ गरेको हो।
लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय महेन्द्रनगर र जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको संयुक्त टोलीले शंका लागेर चेकजाँच गर्दा विष्टको साथबाट उक्त पदार्थ फेला परेको प्रहरीले जनाएको छ ।