कैलाली। कैलालीमा बालिका करणीको आरोपमा एक जना पक्राउ परेका छन् । कैलालीमा ११ वर्षीया बालिका बलात्कार गरेको आरोपमा १३ वर्षीय बालकले नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ।
२० गतेको घटना भएपनि जिल्ला प्रहरी कार्यालय कैलालीमा सोमवार जाहेरी दर्ता भएको हो। घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक कुलदिप चन्दले जानकारी दिए।
‘घटना निकै संवेदनशील छ दुबै नाबालिक छन्’ उनले भने ‘जाहेरी आएको छ हामी अनुसन्धान गरिरहेका छौँ।’ स्वास्थ्य परीक्षण गरेर कानुनी प्रक्रिया अगाडि बढिरहेको उनले बताए।