धनगढी। बझाङबाट धनगढीमा सरकारी एम्बुलेन्समै चरेस तस्करी भएको छ। बझाङको केदारस्यु गाउँपालिका रायल प्राथमिक स्वास्थ्य केन्द्र देउराको एम्बुलेन्स प्रयोग गरी दुई किलो ८ सय ग्राम चरेस तस्करी भएको प्रहरीले जनाएको छ।
सुदूरपश्चिम प्रदेश प्रहरीको आरआइटी, जिल्ला प्रहरी कार्यालय कैलाली र वडा प्रहरी कार्यालय धनगढीको संयुक्त टोलीले धनगढी उपमहानगरपालिका ४ बोराडाँडी क्षेत्रबाट उक्त परिणामको चरेस तस्करीसहित एक जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार बझाङ् केदारस्यु गाउँपालिका ३ दाप्रु बस्ने बर्ष ३७ को राम ब. खातीले चलाएको सु.प.प्र.०१००१ झ ०५४२ नम्वर एम्बुलेन्स प्रक्राउ गरेको हो ।
तस्करीमा प्रयोग भएको एम्बुलेन्श र चालकलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालयमा राखि थप अनुसन्धान भइरहको प्रहरीले जनाएको छ । बझाङबाट बिरामी लिएर आएका एम्बुलेन्स चालक धनगढीमा चरेससहित पक्राउ परेको जिल्ला प्रहरी कार्यालय कैलालीले बताएको छ।