धनगढी। प्रदेश स्तरीय नृत्य र गायन विधाको सुप प्रदेश स्तरीय प्रतियोगिता एसईई आईडलको तेस्रो संस्कारणको अडिसन बेलौरी नगरपालिकाको शान्ती माध्यमिक विद्यालय शान्तिपुरमा सम्पन्न भएको छ ।
प्रदेश युवा परिषद् एसईई आइडल प्रभात मिडिया एण्ड ईभेन्ट प्रा.लि.ले विगत तीन बर्ष देखि हरेक बर्ष आयोजना गरिरहेको छ। विद्यालयका प्रधानाध्यापक प्रेम ब.थापाले यो महत्पूर्ण अवसरको प्रयोग गरि विद्यार्थीहरुले सुनौलो मौका पाउने विस्वास व्यक्त गरे।
एसईई आइडल ३ का सुपका ९ जिल्लाका ३० बढी स्थानहरुमा अडिसनहरुमा आयोजना गरिनेछ। यस वर्ष एसईई दिने विद्यार्थीहरुले अडिसनमा सहभागी हुन पाउनेछन् । यस वर्ष पनि गत बर्ष जस्तै नृत्य र गायन प्रतिभाहरुले आफ्नो प्रतिभा प्रदर्शन गर्न पाउनेछन् । असोज देखि फाल्गुण सम्म सुपमा ९ जिल्ला भरि नै अडिसन प्रतियोगिताहरु संचालन हुनेछन् जहाँबाट नृत्य र गायन विधाका उत्कृष्ट ३०-३० जना प्रतिस्पर्धिहरुले २०८१ बैशाखमा हुने दोस्रो चरणमा प्रवेश पाउनेछन्।
भने दोस्रो चरणमा उत्कृष्ट हुने नृत्य र गायन विधाबाट १५-१५ जना प्रतिस्पर्धीहरुले २०८१ असार १ गते हुने फाईनलमा प्रवेश पाउनेछन्। फाईनलबाट दुवै विधामा १-१ जना विजेता र १-१ जना उपविजेता बन्नेछन्। दुवै विधाका विजेता र उप विजेताले क्रमश: रु.५०/५० हजार र रु। २५/२५ हजार सहित कक्षा ११ र १२ मा पूर्ण छात्रवृत्ति पाउनेछन्। साथै दुवै विधाका उत्कृष्ट ५ भित्र पर्ने अन्य प्रतिस्पर्धिहरुले कक्षा ११/१२ मा आंशिक छात्रवृत्ति पाउनेछन्।
थप अडिसन स्थलहरुको खोजी भईरहेकोले यस प्रतियोगिता सहभागी हुन ईच्छुक विद्यार्थी तथा विद्यालयहरुलाई सम्पर्क गर्न आयोजकले अनुरोध गरेको छ। आयोजकले यस भन्दा पहिले पनि २ संस्करणहरु भव्य रुपले आयोजना गरि सकेको छ। मुख्य प्रबर्द्धकका रुपमा प्रदेश युवा परिषद्, सुप रहेको एसईई आइडल ३ मा रेडिकल यस कार्यक्रममा रेडिकल एकेडेमी लगायतका विभिन्न संघसंस्थाको पनि विशेष सहयोग रहेको छ।