आज बिहान काठमाडौंबाट लुक्ला उडेको तारा एयरको आपतकालीन ढोकाको सिसा खसेको छ । ९ बजेर ३१ मिनेटमा काठमाडौंबाट १ हजार १ सय २६ केजी समान लिएर उडेको कार्गो जहाजको आपतकालीन ढोकाको सिसा उड्दाउड्दै खसेको हो ।
त्रिभुवन विमानस्थलका प्रवक्ता सुवास झाले काठमाडौंबाट उडेको जहाजको बीचमा नै आपतकालीन ढोकाको सिसा खसेको बताए । उनले भने, ‘ जहाजमा २ जना यात्रु पनि थिए । काठमाडौंबाट प्राविधिक जाँच पास भएरै उडेको हो । लुक्लामा ल्याण्ड गरेर हेर्दा सिसा झरेको थाहा भयो । जहाज र यात्रु सामान्य अवस्थामा छन् ।’