डडेल्धुरा। डडेल्धुरामा रूखबाट लडेर घाइते भएका एक जनाको मृत्यु भएको छ । रुखबाट लडेर घाइते भएका डडेल्धुरा आलिताल गाउँपालिका–७ डाँडीका ४० वर्षीय कर्णबहादुर साउँदको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको हो।
साउँद घाँस काट्ने क्रममा रूखबाट लडेर घाइते भएका थिए। उपचारका लागि उनलाई धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा ल्याइएको थियो।तर घाइते भएका साउँदको धनगढीस्थीत सेती प्रादेशिक अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको जनाइएको छ।