धनगढी। काठमाण्डौंबाट कञ्चनपुरको महेन्द्रनगर आउँदै गरेको यात्रुवाहक बस दुर्घटना भएको छ। शनिबार बिहान बारबर्दिया नगरपालिका–९ मा ना ६ ख ७४४२ नम्बरको महाकाली यातायातको बस दुर्घटनामा परेको हो।
पूर्व पश्चिम राजमार्ग अन्तर्गत बर्दियामा बिहान करिब १० वजे भएको यात्रु बहाक वस अनियन्त्रित भइ सडकको छेउमा पल्टिएको इलाका प्रहरी कार्यालय मोतिपुरका प्रहरी निरिक्षक शैलेश्वरी बोहराले बताइन्।दुर्घटनामा ८ जना सामान्य घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बर्दियाले जनाएको छ।
बसमा २५ जना सवार रहेकोमा अन्य सकुशल रहेको प्रहरीले बताएको छ।बिहान कुहिरो लागेको थियो । तर दुर्घटनाको समयमा कुनै कुहिरो नभएको र वस चालकको थकाईका कारण नै स्लो हिडिरहेको बस दुर्घटनामा परेको बताइएको छ।