कञ्चनपुर। कञ्चनपुरमा प्रहरीले १ लाख ६४ हजार बढी मुल्यका अवैध सामान बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले कञ्चनपुरको भिमदत्त नगरपालीका वडा नं ६ बनगाउँबाट भन्सार छलीका सामान बरामद गरेको हो।
भन्सार छलीगरी ल्याएर लुकाई छिपाई राखिएको अवस्थामा १ लाख ६४ हजार ५ सय २९ मुल्यका बरामद गरिएको प्रहरीले जनाएको छ। भन्सार छलीका चिनि, मिश्री,पेठा,बिडी,सुपारी,बिस्कुट,चकलेट लगायत फेला पारी कानुन बमोजिम बरामद गरि हिजो (बुधबार) भन्सार कार्यालय गड्डाचौकी पठाईएको छ। सो सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।