धनगढी। नेपाल इङ्लिस ल्याङ्गवेज टिचर्स एसोसियन (NELTA) कैलालीको एघारौं बार्षिक साधारण सभा सम्पन्न भएको छ । शुक्रबार एक कार्यक्रमका बिच नेल्टा कैलालीको आफ्नै कार्यालय भवन, शिवनगर धनगढीमा बार्षिक साधारण सम्पन्न भएको हो ।
नेल्टा, कैलालीका अध्यक्ष लक्ष्मण दत्त भट्टको सभापतित्वमा सम्पन्न कार्यक्रमको प्रमुख अतिथि सुदूरपश्चिम प्रदेश नेल्टाका अध्यक्ष रामजी हमाल रहेका थिए । नेल्टाका सचिव धर्मदेव नौन्यालले सञ्चालन गरेको कार्यक्रममा नेल्टा, कैलालीका पुर्व अध्यक्ष तथा सल्लाहाकार यज्ञराज पाण्डेय र केशव दत्त भट्ट विशिष्ट अतिथि, सुदूरपश्चिम प्रदेश नेल्टाका सह–सचिव अर्जुन रजवार, कैलाली बहुमुखी क्याम्पसका उप– प्राध्यापकहरु मोहन सिङ साउँद, डा. हरिचन्द्र कमली र सिताराम भट्ट अतिथि रहेका थिए ।
कार्यक्रममा नेल्टा कैलालीको स्थापना कालदेखी संस्थाको बिकासमा महत्वपूर्ण योगदान पुगाएको भन्दै पुर्व अध्यक्ष तथा सल्लाहाकार केशव दत्त भट्टलाइ दोसल्ला सहित प्रसङ्सा पत्र प्रदान गरि सम्मान गरिएको थियो। साथै उक्त कार्यक्रममा कैलाली बहुमुखी क्याम्पसका उप– प्राध्यापक मोहन सिङ साउँदले नेल्टाको सांस्कृतिक शिक्षाशास्त्र बिषयमा एक कार्यपत्र समेत प्रस्तुत गरेका थिए ।
एघारौं बार्षिक साधारण सभाले आगामी कार्यकालको लागि धर्मदेव नौन्यालको अध्यक्षतामा नयाँ कार्यसमिती चयन गरेको छ । नवगठित कार्यसमितिको उपाध्यक्षमा भिम के.सी, सचिवमा सुमन श्रेष्ठ, कोषाध्यक्षमा रमेश प्रसाद जोशी, सदस्यहरुमा मोहन सिङ साउँद, सुभाष चन्द्र भण्डारी , निर्मला जोशी, पार्वती जोशी, कुञ्जा भट्ट, र चुडामणि गजुरेल चयन भएका छन् ।