धनगढी। कैलालीमा स्थानीय र प्रहरीबिच झडप हुँदा एक जना घाइते भएकी छिन्। बिहीबार साझ कैलालीको लम्कीचुहा–२ मा बसको ठक्करबाट ज्यान गुमाएका मोहन्याल गाउँपालिका ७ का ३७ वर्षीय डम्बरबहादुर बिष्टका आफन्त र स्थानियले राजमार्ग अवरुद्ध गरेका थिए।
मृतक परिवारलाई क्षतिपूर्ति दिने विषयलाई लिएर गरिएको राजमार्ग अवरुद्धका क्रममा स्थानीय र प्रहरीबिच झडप भएको प्रहरीले जनाएको छ। झडपमा परी लम्कीचुहा–१ की १८ वर्षीय सृजना सुनार घाइते भएकी छन्। उनको टाउकोमा चोट लागेकोले उपचारका लागि लालरत्न अस्पतालमा पठाइएको छ।लम्कीमा भीडलाई तितरबितर गर्न प्रहरीले ५ राउन्ड अश्रुग्यास फायर गरेको छ।अहिले आन्दोलनरत चार जना महिलालाई नियन्त्रणमा लिएसंगै प्रहरीले सवारी साधन सञ्चालनमा ल्याएको बताइएको छ।बिहीबार साझ लम्कीचुहा नगरपालिका–२ गणेशपुर चोकमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना ५ ख ८७०० नम्बर बसले पैदलयात्रा गरीरहेका बिष्टलाई बसले ठक्कर दिदा गम्भीर घाइते भएका थिए।घाइते बिष्टलाई उपचारको लागि लालरत्न अस्पताल पुगाइएकोमा थप उपचारका लागी नेपालगञ्ज मेडीकल कलेज कोहलपुर रेफर गरिएको थियो।
नेपालगञ्ज मेडीकल कलेज कोहलपुरमा उपचारको क्रममा बिष्टको गएराति १० बजे मृत्यु भएको प्रहरीले जनाएको छ। ठक्कर दिने बस र चालकलाई इलाका प्रहरी कार्यालय लम्कीले नियन्त्रणमा रहेका छन्।