धनगढी। कैलालीमा दुई मोटरसाइकल एक आपसमा ठोक्कीएका छन्। बुधवार बेलुका कैलालीको बर्दगोरिया गाउँपालिकाको वडा नम्बर-२ बौनिया गाउँ नजिक महेन्द्रराजमार्गमा दुई मोटरसाइकल एक आपसमा ठोक्कीएको प्रहरीले जनाएको छ।
बर्दगोरिया गाउँपालिका वडा नम्बर २ का २५ वर्षीय सुमन थारुको से ७ प ५३४७ र बर्दगोरिया २ कुम्भियाका ४९ वर्षीय लवकुश चौधरीले चलाएको सुपप्र ०१००१० प १९०२ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्कीएर दुर्घटना भएको हो। दुर्घटनामा परि सुमन थारुको नेपालगन्ज मेडिकल कलेजमा उपचारको क्रममा राति मृत्यु भएको जनाइएको छ।
घाईते भएका लवकुशको घोडाघोडी अस्पतालमा उपचार भइ रहेको छ। उनको अवस्था सामान्य रहेको इलाका प्रहरी कार्यालय बौनियाले जानकारी दिएको छ। घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।