धनगढी। सुदूरपश्चिमका चर्चित देउडा गायक लाल बहादुर धामि (अछामि बड्डो) को मौलिक देउडा गित “बड्डाका दिन गया” सार्वजनिक भएको छ। देउडा क्षेत्रमा एकछत्र राज गर्न सफल देउडा गायक धामिको पछिल्लो देउडा गीत “बड्डाका दिन गया” सार्वजनिक भएको हो।
उक्त देउडा गित अछामी बड्डो युटुभ च्यानल मार्फत सार्वजनिक गरिएको छ। देउडा गितमा राजेन्द्र शाह बिपिको शब्द,आवाज र संगित भने स्वयम् अछामी बड्डोकै रहेको छ। गायिका देबि घर्तिले स्वरमा साथ दिएको उक्त देउडा गितमा बिनोद बाजुरेलीको एरेञ्जर छ। रेकर्ड सागर बाजुरेली, मिक्सिङ खडक बाजुरेली र अडियो सम्पादन राजेन्द्र बाजुरेलीले गरेका छन्।
देउडा गितमा गायक लाल बहादुर धामी र मोडेल रोजी कुँवरको अभिनय छ। भिम थापाको निर्देशन रहेको छ। अमृत उपाध्यायले छाँयाङकनमा साथ दिएका छन्। मौलिक देउडा सँस्कृतिको उत्थान, देउडा संस्कृतिलाई जोगाउन र निरन्तरता दिन गायक धामिको ठुलो योगदान रहि आएको छ। अछाम जिल्लामा जन्मीएका गायक धामि बिगत लामो समयदेखि गायन क्षेत्रमा कटिबद्ध भएर लागीरहेका छन।
बिगत लामो समयदेखि गायन क्षेत्रमा रहेका गायक धामिले यसभन्दा अगाडि धेरै देउडा गितमा आवाज दिइसकेका छन। गायक लाल बहादुर धामि बिषेशत (अछामि बड्डो) नामले बढि परिचित छन। उमेरको हिसाबले खासै बुढो नभएतापनि उनको नाम र स्टेज प्रस्तुतीको कारणले कतिपय मानिसहरुले उनलाई अछामि बड्डाकै रुपमा चिन्ने गर्दछन। सुदुरपश्चिमको देउडा सँस्कृतिलाई जोगाउन गित सङ्गितका माध्यम मार्फत गायक धामिले ठुलो भुमिका निर्बाह गरेका छन। गायक धामिका बजारमा निस्कीने गितहरु बढिजसो देउडा गित चर्चामा रहने गरेका छन्। गायक धामीका चर्चित गितहरु, यो अछामी बड्डो, लाल्या आयो डिस्कोमा,बड्डो आयो डि जे मा, बाल पाली हेल जया,डोटीकी छोर्याट्टी, प्यारो अछाम,यो बड्डो आइगयो,ताउलो,भैँसाकी गोठाली,झलना रेल्न दे,हरिया सौलको छन् ।भिडियोसहित…