दार्चुला। दार्चुलामा यात्रुवाहक बस एकआपसमा ठोक्किदा दुर्घटना भएको छ। महाकाली राजमार्ग अन्तर्गत मालिकार्जुन गाउँपालिका–८ थप्तोलीमा दुई बस एक आपसमा ठोक्किएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।
प्रहरीका अनुसार दार्चुला सदरमुकामबाट कञ्चनपुरको महेन्द्रनगरका लागि छुटेको सुपप्र ०२००१ ख ११४७ नम्बरको बस र मालिकार्जुनबाट दार्चुला सदरमुकामका लागि छुटेको सुदुरपश्चिम प्रदेश ०१००१ ख २३९३ नम्बरको नगर बस आपसमा ठोक्किएका हुन्।
नगर बस मालिकार्जुन जात्राका लागि खटिएका सुरक्षाकर्मी बोकेर सदरमुकामतर्फ गइरहेको थियो। बसहरुमा क्षति भएको तर मानवीय क्षति भने नभएको दार्चुला प्रहरीले जनाएको छ।एकआपसमा बस ठोक्किएपछि अहिले अवरुद्ध रहेको महाकाली राजमार्ग खुलाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर सिंहले जानकारी दिए।