बैतडी। बैतडीमा ब्रेक फेल भएर जिप दुर्घटना भएको छ। बैतडीको पाटन नगरपालिका–१० को ठाँटाबाट सिगास गाउँपालिका–३ तर्फ गइरहेको सुदूरपश्चिम प्रदेश ०४००१ च ००४३ नम्बरको जिप दुर्घटना भएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक दिपक गिरीले सिगास गाउँपालिका–३ को डुँडै नजिक जिप आज सोमबार बिहान दुर्घटनामा परेको बताए। जिपमा चालक धर्म कुँवर मात्रै रहेको र उनी सकुशल रहेको प्रहरीले जनाएको छ।
ब्रेक फेल भएर जिप सडकबाट करिब तीन सय मिटर तल खसेको छ। जिप पूर्ण रुपमा क्षति भएको छ। यात्रु लिनका लागि गइरहेको जिप दुर्घटनामा परेको उनले बताए । दुर्घटनाका बारेमा थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।