धनगढी : धनगढी उपमहानगरकालिकाले सहभागितामूलक विद्युतीय चुलो वितरण गर्ने भएको छ। आइतबार एक सूचना जारी गर्दै उपमहानगरले बसोबास गर्ने स्थानीयबासीलाई विद्युतीय चुलो वितरण गर्ने भएको हो। उपमहानगरकालिकाले नविकरणिय उर्जा प्रविधि जडान कार्यक्रमअन्तर्गत सहभागितामूलक विद्युतीय चुलो वितरण गर्न लागेको प्रमुख प्रशासकीय अधिकृत रामलाल श्रेष्ठले जानकारी दिए।
उनले ग्यासमा लाग्नेभन्दा विद्युतीय चुलो प्रयोग गर्दा खर्च पनि काम लाग्ने बताए। उनले सबै नगरबासीलाई विद्युतीय चुलो प्रयोग आग्रह पनि गरे।