बझाङ। बझाङमा भिरबाट लडेकी महिलाको मृत्यु भएको छ। बझाङको बुंगल नगरपालिका–१० दौंडकी २२ वर्षीया सिता बाग शनिवार (आज)बर्म खोली भन्ने जंगलमा घास काट्ने क्रममा भिरबाट लडेर घाइते भएकी थिइन् ।
लडेर घाइते भएकी सितालाई उपचारको लागि डडेल्धुरा ल्याउँदै गर्दा बिच बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ। उनी शनिवार (आज) बर्म खोली भन्ने जंगलमा घास काट्ने क्रममा भिरबाट लडेर घाइते भएकी थिइन्।सो सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।