धनगढी : कैलालीको धनगढीमा प्रधान कार्यालय रहेको संगम बचत तथा ऋण सहकारी संस्था लिमिटेडको ११ औँ साधारण सभाको तयारी पूरा भएको छ । एक समारोहका बिच बिहान १० बजे देखि दिउँसो ३ बजे सम्म ओम प्यालेसमा कार्यक्रम गरिने सहकारीका अध्यक्ष मनमोहन विष्टले जानकारी दिए । उनका अनुसार विगतका वर्ष भन्दा यो वर्ष साधारण सभामा नयाँ अभ्यासको थालनी गरिने छ । सहकारी अभियानमा फरक सन्देश दिन नयाँ शैलीमा साधारण सभा गरिन लागेको अध्यक्ष विष्टले बताए ।
यस पटक सहकारीका सेयर सदस्यहरू बाहेक अन्य अतिथिहरूलाई भने आमन्त्रण गरिएको छैन । उपस्थित सेयर सदस्यहरू मध्ये ज्येष्ठ सदस्यलाई प्रमुख अतिथि बनाइने छ । पहिलो उपस्थित सदस्यहरू मध्येबाट ३० जनालाई गोला प्रथाबाट पुरस्कारको व्यवस्था गरिएको छ । एक विज्ञप्ति जारी गर्दै सहकारीले समयको बचत सङै सहकारीका सवालबारे सेयर सदस्यहरू सङ बृहत् छलफलका लागि नयाँ सन्देश दिन खोजेको बताइएको छ ।
कैलालीको धनगढीमा प्रधान कार्यालय रहेको संगम बचत तथा ऋण सहकारी संस्था लिमिटेडको ११ औँ साधारण सभाको तयारी पूरा भएको छ । एक समारोहका बिच बिहान १० बजे देखि दिउँसो ३ बजे सम्म ओम प्यालेसमा कार्यक्रम गरिने सहकारीका अध्यक्ष मनमोहन विष्टले जानकारी दिए । उनका अनुसार विगतका वर्ष भन्दा यो वर्ष साधारण सभामा नयाँ अभ्यासको थालनी गरिने छ ।
सहकारी अभियानमा फरक सन्देश दिन नयाँ शैलीमा साधारण सभा गरिन लागेको अध्यक्ष विष्टले बताए । यस पटक सहकारीका सेयर सदस्यहरू बाहेक अन्य अतिथिहरूलाई भने आमन्त्रण गरिएको छैन । उपस्थित सेयर सदस्यहरू मध्ये ज्येष्ठ सदस्यलाई प्रमुख अतिथि बनाइने छ । पहिलो उपस्थित सदस्यहरू मध्येबाट ३० जनालाई गोला प्रथाबाट पुरस्कारको व्यवस्था गरिएको छ । एक विज्ञप्ति जारी गर्दै सहकारीले समयको बचत सङै सहकारीका सवालबारे सेयर सदस्यहरू सङ बृहत् छलफलका लागि नयाँ सन्देश दिन खोजेको बताइएको छ ।