धनगढी। कैलारी गाउँपालिकाका सब ओभरसियर विशेष चौधरीको शव फेला परेको छ।
कर्णाली नदीमा बेपत्ता भएका उनको कैलालीको टीकापुरस्थीत दौलतपुर घाटमा शव फेला परेको इलाका प्रहरी कार्यालय टीकापुरले बताएको छ। कात्तिक २५ गते टीकापुर पार्क घुम्न गएका चौधरी कर्णाली नदीमा बेपत्ता भएका थिए । उनको शव आज दौलतपुर घाटमा फेला परेको प्रहरीले बताएको छ।
साथीहरुसँगै टीकापुर पार्क घुम्न गएका उनी कर्णाली नदीमा पौडी खेल्न गएका र सोही क्रममा उनी डुबेर बेपत्ता भएको प्रहरीले बताएको छ। आफन्त, प्रहरी, सशस्त्र प्रहरी, स्थानीयहरूले एक सातादेखि चौधरीको खोज तलास गरेका थिए । घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।