बैतडी। बैतडीमा एक जना पुजारी तीन दिनदेखि बेपत्ता रहेका छन्। बैतडीको दशरथचन्द नगरपालिका–१ श्रीखण्ड जालाघरका ५८ वर्षीय माधव भट्ट कार्तिक २३ गते बिहीवार रातिदेखि बेपत्ता भएका उनकी बुहारी भागरथी भट्टले बताइन्।
खाना खाएर घरमा सुतेका उनी रातिको समयमा एक्कासी घरबाट बेपत्ता भएको बताइएको छ। महारुद्र देवताका पूजारी समेत रहेका उनको खोजी कार्य जारी रहेको भएपनि अहिले सम्म फेला पार्न नसकिएको र खोजीकार्यका लागि प्रहरीमा निवेदन समेत दिएको उनकी बुहारी भागरथीले बताइन्।
इलाका प्रहरी कार्यालय गुरुखोलाका इन्चार्ज प्रहरी सहायक निरीक्षक देबबहादुर थापामगरले बेपत्ता भट्टको खोजीकार्य भइरहेको बताए। बेपत्ता भएका भट्टलाई कसैले फेला पारेमा नजिकको प्रहरी कार्यालय वा ९८४८७१२६०७ मा सम्पर्क गरिदिन अनुरोध गरिएको छ।