धनगढी। कैलालीको धनगढीबाट भारतबाट अवैध रुपमा भित्र्याइरहेको अवस्थामा प्रहरीले सेक्स टोय अथात् यौन खेलौना बरामद गरेको छ ।
धनगढी उपमहानगरपालिका- १० स्थिति बनकट्टी घाटमा जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले ४८ पिस सेक्स टोय र २८ पिस जेल बरामद गरेको हो । भारतबाट अवैध रुपमा ल्याइएको सेक्स टोय र जेल बरामद गरिएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) कुलदिप चन्दले दुई लाख ४२ हजार मूल्य बराबरको ४८ वटा सेक्स टोय बरामद गरिएको जानकारी दिए । उनकाअनुसार बरामद गरिएको अवैध सेक्स टोय आवश्यक कारवाहीका लागि भन्सार कार्यालय कैलालीमा बुझाइएको छ ।