धनगढी। धनगढीमा आज देखी टिभिएसको एक्स्चेन्ज मेला सुरु भएको छ। धनगढी उपमहानगरपालिका वडा नम्बर ५ स्थित कभर्ड हल गेट (वाल्मीकि स्कुल अगाडी) कात्तिक २० देखि २५ गतेसम्म एक्स्चेन्ज मेला सञ्चालन भएको हो।
टिभिएस मोटर्सको नेपालका लागि आधिकारिक आयातकर्ता तथा वितरक जगदम्बा मोटर्स र धनगढीका लागि आधिकारिक बिक्रेता बागेश्वरी अटोमोटिभ्सको आयोजनामा एक्स्चेन्ज मेला सुरु भएको टिभिएसले जनाएको छ ।तिहार र छठ पर्वलाई लक्षित गरेर टिभिएसले ‘हर मोडमा उमङ्ग’ अफर अन्तर्गतको छुट तथा उपहार योजनासहित अन्य छुट गरेर मेलाको आयोजना गरिएको बताइएको छ। कम्पनीले अफर अन्तर्गत किन्नु अघि एक लाखसम्म, किन्दा पाँच लाखसम्म जित्ने अवसर समेत रहेको बताएको छ।
हरेक महिना लक्की ड्रमार्फत शतप्रतिशतसम्म क्यासब्याकको सुविधासमेत रहेको कम्पनीले बताएको छ। बम्पर उपहारमा १० लाख रुपैयाँ जित्न सकिनेछ। त्यसैगरी एक्स्चेन्ज मेलामा पुरानो बाइक तथा स्कुटरको थप १० हजार रुपैयाँ अतिरिक्त मूल्याङ्कन हुने बागेश्वरी अटोमोटिभ्सका सञ्चालक प्रेम साउँदले बताएका छन्। शून्य प्रतिशत ब्याजदरमा फाइनान्स सुविधासमेत रहेको छ।
२५ प्रतिशत डाउनपेमेन्टमा समेत खरिद गर्ने सुविधा पनि टिभिएसमा छ। मोटरसाइकल खरिदमा हेल्मेट, कभर, ब्याग निःशुल्क प्रदान हुनेछ। जगदम्बा मोटर्सका क्षेत्रीय विक्री अधिकृत विक्रम बोहराले एक्स्चेन्ज मेलामा इलेक्ट्रिक स्कुटर आइक्युब र अपाचे आरटिआर १६०–४भी समेत सार्वजनिक हुने बताए। सुदूरपश्चिममा टिभिएसको एन्टर्क स्कुटर, रेडर र अपाचे ग्राहकले बढी रुचाएको जानकारी दिएका छन्।