धनगढी। पाँचौं निसर्ग सुदुरपश्चिम प्रदेश क्लव स्तरिय महिला, पुरुष तथा भेट्रान फुटबल प्रतियोगीता–२०८० को च्याम्पियन नेपाल पुलिस क्लब बनेको छ।
मनकामना युवा क्लव धनगढी १२ जुगेडाको आयोजनामा कार्तिक १२ गते देखी १९ गतेसम्म सञ्चालन भएको पाचौं निसर्ग प्रदेश क्लब स्तरीय महिला पुरुष तथा भेट्रान फुटबल प्रतियोगीतामा पुलिस क्लब च्याम्पियन बनेको हो । ५ औ निसर्ग प्रदेश क्लव स्तरिय महिला पुरुष तथा भेट्रान फुटबल प्रतियोगीता २०८० को फाइनल खेल नेपाल पुलिस क्लब र ग्रीन युथ क्लब बिच भएको थियो।
नेपाल पुलिस क्लबले ४–१ गोलले ग्रीन युथ क्लबलाई हराउदै उपाधी रक्षा गरेको हो। विजेता टिम नेपाल पुलिस क्लबले पुरुष तर्फ च्याम्पियन हुदै १ लाख र भेट्रान तर्फ ७० हजार जित्न सफल बन्दै च्याम्पियन बनेको हो । यस्तै पुरुष तर्फ दितीय हुने मनकामना युवा क्लबले २–१ गोलले कैलारी युथ युनाइटेडलाई हराउदै उपाधी जितेको हो।
मनकामना युवा क्लबले ५० हजार, भेट्रान तर्फ ४० हजार नगदसहित प्रमाणपत्र पाएको छ। महिला तर्फ फाइनल खेलमा मनकामना युवा क्लबले १–० गोलले मसुरियालाई हराउदै उपाधी रक्षा गरेको हो। विजेता टिम मनकामनाले महिला तर्फ च्याम्पियन हुदै ५० हजार धनराशि पुरस्कार जित्न सफल भएको छ। भने उपविजेता मसुरिया एकेडेमीले २५ हजार नगदसहित प्रमाणपत्र पाएको छ । मनकामना युवा क्लबले बिभिन्न उमेर समुहका खेलाडीहरुलाई प्रशिक्षण गराई राम्रो खेलाडी उत्पादन गर्ने उदेश्य रहेको क्लवका अध्यक्ष कृष्ण राज पाण्डेयले बताए ।
प्रमुख अतिथी नेपाली काँग्रेस कैलाली सभापती नारायण दत्त भट्ट रहेका थिए । धनगढी उपमहानगरपालीका १२ जुगेडामा भएको पाचौं निसर्ग प्रदेश क्लब स्तरीय महिला पुरुष तथा भेट्रान फुटबल प्रतियोगीतामा निसर्ग अस्पतालले साथ दिएको छ । अस्पतालका अध्यक्ष तिर्थराज पन्तले मनकामना युवा क्लबले प्रदेश क्लब स्तरीय महिला पुरुष तथा भेट्रान फुटबल प्रतियोगीता आयोजना गर्नु एकदमै सर्हानिय काम भएको बताए । यस्ले सुदुरपश्चिममा मात्र नभएर राष्ट्रि«य तथा अन्तराष्ट्रि«यस्तरमा राम्रा खेलाडी उत्पादन गर्न सहयोग गरिरहेको भन्दै आफ्नो तर्फबाट हुने सहयोग गर्न तयार रहेको बताए । बिगत ५ बर्षसम्म देखी निरन्तर बार्षिक क्यालेण्डर अनुसार सामाजिक कार्यसगै खेलकुदका प्रतियोगिता गर्दै आएको मनकामना युवा क्लबले जनाएको छ।
यस्ता प्रतियोगिता भैरहेमा सुदुरपश्चिम सहित राष्ट्रि«य तथा अन्तराष्ट्रि«यस्तरमा राम्रा खेलाडी उत्पादन हुने पुर्व अध्यक्ष डवल बहादुर थापाले बताए । मुख्य प्रायोजकमा धनगढीको निसर्ग हस्पिटल रहेको छ। भने प्रर्बधकमा धनगढी वडा नम्बर १२ को वडा कार्यालय, सुदुरपश्चिम प्रदेश खेलकुद परिषद, धनगढी उपमहानगरपालीका,कैलाली जिल्ला फुटबल संघ रहेको बताइएको छ । कार्यक्रममा बिशिष्ट अतिथीका रुपमा यस्तै निसर्ग हस्पीटलका अध्यक्ष तिर्थ राज पन्त लगायत मनकामना युवा क्लबका पुर्व समिती लगायत बिभिन्न ब्यक्तीहरुको सहभागीता रहको थियो । यस्तै मनकामना युवा क्लबका संस्थापक बिर बहादुर तामाङ्ग, यस्तै पुर्व अध्यक्ष राज कुमार खत्री, हेम कृष्ण रञ्जीतकार,रमेश न्यौपाने,राजकुमार सुनार,डवल बहादुर थापा लगायत खेलाडीको उपस्थीती रहेको थियो।