बैतडी। बैतडीमा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ। बैतडीको डिलाशैनी गाउँपालिका-१ खुम्ताकी २२ बर्षीया सुनकला बोहराको खर काट्ने क्रममा भिरबाट लडेर मृत्यु भएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक योगेश खत्रीका अनुसार आज आइतबार बिहान खर काट्न घरभन्दा चार किलोमिटर टाढा रहेको जहिलेक जंगलमा गएकी बोहरा भिरबाट २ सय मिटर तल लडेर खसेकी थिइन्। उनलाई उपचारका लागि उनका श्रीमान कमलेश बोहराले गोकुलेश्वर अस्पताल पुगाएपनि चिकित्सकले मृत घोषणा गरेका थिए। घटनाका बारेमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।